आवश्यकताअनुसार बन्दाबन्दी गर्न चिकित्सकको सुझाव
नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै ह्वात्तै संक्रमण बढेकाले यसले भयावह निम्त्याउने संकेत गरेको बताए ।
‘कोरोना आगामी केही सातामै चुनौतीपूर्ण हुन सक्ने भएकाले बेलैमा यसलाई रोक्न कडाइका साथ स्वास्थ्य मापदण्ड अपनाउने र भौतिक भेटघाटविनाको जीवनशैली अपनाउनुको विकल्प छैन,’ उनले भने । बन्दाबन्दी विकल्प नभएको बताउँदै उनले सरकारले छोटो समयका लागि आवश्यकताअनुसार बन्दाबन्दी गरी त्यसबीचमा कोरोनासँग लड्न आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि हाल आईसीयू र भेन्टिलेटर लगभग भरिसकेको चिकित्सकहरूले बताउँदै आएकोमा बिरामीले अस्पतालमा बेड नपाएको बताउँदै आएका छन् ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म