बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्ली र हैदरावादबीचको खेल सुपर ओभरमा

आइतबार, १२ वैशाख २०७८, २३ : ५५
आइतबार, १२ वैशाख २०७८

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच निर्धारित २० ओभरको खेल बराबरीमा टुंगिएको छ । खेल बराबरी भएसँगै नतिजाका लागि ‘सुपर ओभर’ खेल्नुपर्ने भएको हो ।

आइपिएलको यो सिजनमा पहिलो पटक नतिजाका लागि सुपर ओभरमा जानु परेको हो । पहिला ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सले चार विकेटको क्षतिमा १५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले २० ओभरमा सात विकेट गुमाएर १५९ रन नै बनाएको हो ।

हैदरावादका लागि केन विलियम्सनले सर्वाधिक ६६ रन बनाए । यस्तै जोनी बेरिस्टोले ३८ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप