भारतीय प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीलाई दिए यस्तो निर्देशन

person explore access_timeबैशाख १२, २०७८ chat_bubble_outline0

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन् । “मन की बात” नामक रेडियो कार्यक्रमको ७६ औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोनाभाइरस विरुद्धको लडाईं प्रभावकारी हुने बताए ।

प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोनाभाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाई थियो ।  “स्वास्थ्यकर्मीहरु नै कोरोनाभाइरस विरुद्धको अग्रपंक्तिका लडाका हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नुपर्दछ,” उनले भनेका छन् । स्वास्थ्यकर्मीहरूका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताए ।

विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उनीहरुले प्रविधिमार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिए । कोरोनाभाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन् । 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना सङ्क्रमित भएका छन् ।  त्यसैगरी सोही अवधिमा भारतभर गरेर कुल दुई हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ । –एएनआई

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।