प्रचण्ड राष्ट्रिय समस्या हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए ।
‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्वन्द्व गर्ने भएपनि देशलाई द्वन्द्व र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो ।’
उनले अगाडि भने, ‘उहाँले कसैलाई पनि मिल्न नदिने, नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन उहाँलाई देश बनाउनु त छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
मेची राजमार्गको सडक सीमाभित्रका संरचना हटाउने निर्णय फिर्ता लिन माग
-
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
-
अमेरिकी सेनाको आक्रमणपछि हराइरहेका ३ जना भारतीयको मृत्यु
-
दक्षिण अफ्रिकाका मिडफिल्ड जादुगर टेबोहो मोकोएना
-
भारतीय गोदाममै थन्कियो नेपाली चिया
-
अमेरिका र इरानबिच लगातार दोस्रो दिन मध्यपूर्वभरि आक्रमण–प्रत्याक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण