शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

१५ वैशाखबाट ‘कबड्डी ४’ फ्लोरमा

आइतबार, १२ वैशाख २०७८, १९ : ५२
आइतबार, १२ वैशाख २०७८

काठमाडौँ । फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को छायाँकन १५ वैशाखबाट सुरु हुने भएको छ । शनिबार नक्सालस्थित भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको फिल्म रामबाबु गुरुङले निर्देशन गर्न लागेका हुन् । निर्देशक गुरुङले लकडाउन नभएमा फिल्मको बैशाख १५ गतेबाट छायाँंकन सुरु गर्ने बताए ।

‘कबड्डी’को अन्तिम सिरिज भनिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतको अभिनय रहनेछ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक गुरुङले उपेन्द्र सुब्बासँग मिलेर लेखेका हुन् । आगामी असोज १५ गते प्रदर्शन मिति घोषणा गरिएको फिल्म निर्मातामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द्र रौनियार रहेका छन् ।
निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायाँंकन र कालीप्रसाद बाँस्कोटाको संगीत फिल्ममा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप