शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १६३ जनामा कारोना संक्रमण पुष्टि

आइतबार, १२ वैशाख २०७८, १९ : २८
आइतबार, १२ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १६३ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो लहर शुरु भएपछि कास्कीमा सबैभन्दा धेरै १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कास्कीमा देखिएका ११५ जना संक्रमितमध्ये पोखराका १०७ जना रहेका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकाका ७ जना र मादी गाउँपालिकाका १ जना रहेका छन् ।  कास्कीमा ११५ सहित गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

संक्रमितमध्ये लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालिमा ७७ जना, क्षयरोग उपचार केन्द्र पोखरामा ७९ जना र मध्यबिन्दु जिल्ला अस्पताल नवलपरासी पूर्वका ७ जना रहेको उनले बताए । त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा बागलुङका २२ जना, तनहुँका १० जना, नवलपरासी पूर्वका ७ जना, म्याग्दीका ६ जना, स्याङजाका ३ जना, र पर्वतका १ जना रहेका छन् ।

संक्रमितमध्ये महिला ५२ जना छन् भने अन्य पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ७३७ पुगेको छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि कास्कीमा आज सबैभन्दा धेरैलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा दोस्रो लहर पश्चात आज सबैभन्दा धेरै १ सय १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कास्कीको पोखरामा १ सय ७ जना, अन्नपूर्ण गाउँपालिकाका ७ जना तथा मादी गाउँपालिकाका १ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ३७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप