काठमाडौं उपत्यकासहित यी जिल्लामा निषेधाज्ञाको संकेत

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने भएको छ । त्यस्तो अवस्थामा निषेधाज्ञा लगाउन स्थानीय प्रशासनलाई सीसीएमसीले अधिकार प्रत्यायोजन गरेको छ ।
आइतबार बसेको सीसीएमसीका बैठकले यस्तो निर्णय गरेसँगै काठमाडौं लगायतका ९ जिल्लामा तत्काल निषेधाज्ञा लागू हुने संकेत देखिएको छ । किनभने, काठमाडौं लगायतका केही जिल्लामा संक्रमतिहरुको संख्या ५ सय नाघिसकेको छ ।
अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय कटिसकेको छ । त्यसैगरी मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ।
सीसीएमसीले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका