सोमबारदेखिका सबै परीक्षा स्थगित, एसईईबारे पछि निर्णय हुने

काठमाडौं । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको सिसिएमसीको बैठकले सो निर्णय गरेको हो ।
सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’
यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो । त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।
तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गर्न सिफारिस गरेको हो ।
शनिबार बालुवाटारमा प्रधानमन्त्रीसमक्ष भएको ब्रिफिङमा विद्यार्थीहरु सडकमा हिँडिरहेको देखिएको भन्दै चासो व्यक्त भएसँगै परीक्षा रोक्न सिफारिस गरिएको सिसिएमसी निर्देशक समितिका एक सदस्यले बताए ।
बालुवाटारको शनिबारको ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारको आदेश र स्वास्थ्यसम्बन्धी मापदण्डको पालना नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि प्रभावकारी योजना ल्याउन निर्देशन दिएपछि आइतबार सीसीएमसीको बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित