शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

आइतबार, १२ वैशाख २०७८, १८ : ११
आइतबार, १२ वैशाख २०७८

जनकपुर । धनुषामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौना बस्ने २६ वर्षीय सुनिल शर्मा र २० वर्षीय भोला महतोको मृत्यु भएको हो । 

तीव्रगतिमा रहेको प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकल  एक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरमा प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका दुबै युवकलाई उपचारका लागि जनकपुरधाम ल्याउने क्रममा एक जनाको बाटोमा र अर्का एकजनाको जानकी हेल्थ केयरमा मृत्यु भएको प्रहरी निरीक्षक सुवेदीले बताए ।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नम्बरको मोटरसाइकलको पछाडि बसेका २५ वर्षीय सन्तोष महतो भने गम्भीर घाइते भएका छन् । उनको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  मृतक दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप