बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा टिपरको ठक्करबाट २ जनाको मृत्यु, ५ जना घाइते

आइतबार, १२ वैशाख २०७८, १८ : ०४
आइतबार, १२ वैशाख २०७८

बुटवल ।  रुपन्देहीको तिलोत्तमामा आइतबार एक टिपरले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले तिलोत्तमा–१५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियोे ।

दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा–१५ कि वर्ष १० की सरस्वती (जमुना ) हरिजन र वर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । त्यस्तै सोही बसमा सवार अन्य ४ जना  र टिप्पर चालकसमेत घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको मेडिकल कलेज भैरहवा उपचार भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप