बालुवाटारमा ‘ट्रिपल म्युटेन्ट’ र लकडाउनबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’
काठमाडौं । नेकपा एमालेले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सिंगो पार्टीपंक्तिलाई एकढिक्का भएर लाग्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बढ्दो कोरोना संक्रमणबारे ब्रिफिङ गर्दै कोरोनाविरुद्धको लडाइँमा केन्द्रदेखि स्थानीय तहसम्मका नेता कार्यकर्तालाई लाग्न निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको ‘ट्रिपल म्युटेन्ट’को समेत आशंका गरिएकाले पार्टी पंक्तिलाई कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्न निर्देशन दिएको एमाले प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । त्यस्तै उनले सरकार तत्काल देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको समेत जानकारी दिए ।
‘पछिल्लो समय कोभिड १९ का नयाँ भेरिएन्ट देखापरेका छ । केही डबल म्युटेन्ट देखापरेका छन् र ट्रिपल म्युटेन्टको पनि आशंका गरिएको छ । जुन असाध्यै छिटो संक्रमण फैलन्छ । यसको नियन्त्रणमा सिंगो पार्टी परिचालित हुनुपर्छ’, प्रधानमन्त्री ओलीले दिएको निर्देशनलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले भने, ‘अस्पतालमा भर्ना भएका विरामीमध्ये धेरैलाई अक्सिन चाहिन सक्छ । समस्या यही रुपमा अगाडि बढ्दै गयो भने अस्पतालहरु विस्तार गर्ने, नयाँ सिलिण्डरहरु मगाउने, अन्य स्वस्थ्य सामाग्री र उपकरणहर आयात गर्ने खोप विस्तार गर्ने सरकारले गरिनै रहेपनि यसमा पार्टीको समेत सहयोग चाहिन्छ ।’
उनले कोरोना नियन्त्रणको अभियानमा पार्टी कसरी परिचालन गर्ने भनेर भएको छलफलपछि ‘मातहतका सम्बन्धित पार्टी कमिटीहरुलाई समन्वय गरेर अगाडि बढ्न निर्देशन’ दिएको बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले तत्काल सरकार देशव्यापी लकडाउन गर्ने पक्षमा नरहेको पनि प्रस्ट पारेका थिए । ‘तत्काल हामी देशव्यापी लकडाउन गर्दैनौँ । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्नुहोस भन्नेनै छ’, मन्त्री ज्ञवालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा