नेपाललाई ट्रान्जिट बनाउने गरी आएका विदेशीको कोरोना परीक्षण नगर्न निर्देशन
आइतबार, १२ वैशाख २०७८, १६ : १६
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिचयपत्र बिना पीसीआर परीक्षण गर्ने प्रयोगशालाहरूलाई कारबाही गर्ने भएको छ ।
नेपाललाई ट्रान्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका कुनै पनि विदेशी नागरिकहरुको कोरोना परीक्षण नगर्न प्रयोगशालाहरूलाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै पीसीआर परीक्षण गर्न पनि प्रयोगशालालाई मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड– १९ को परीक्षण निर्देशिका २०७७ अनुसार कोभिड १९ को परिक्षणको व्यवस्था गर्दा नेपाली नागरिक, कुटनैतिक निकाय तथा मिसनका कर्मचारी तथा निजका परिवारहरु र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै परिक्षण गर्ने व्यवस्था गरिदिन मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा लगाइएको निषेधित क्षेत्र हटाउन रास्वपाको आग्रह
-
सर्लाही जिल्ला सभापति सिंहलाई बर्खास्त गर्न माग
-
सर्वोच्चको प्रश्न– सहकारी पीडितको निक्षेप फिर्ता गर्ने सरकारसँग योजना के छ ?
-
औषधी सिफारिसमा स्वास्थ्य मन्त्रीले लिए ‘एक्सन’
-
राष्ट्रिय परिचयपत्र विवाद : पेसीको जानकारी दिने सर्वोच्चको आदेश
-
यस्तो देखियो क्रिसमस ‘इभ’, तस्बिरमा हेर्नुहोस्