शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा पहिरो

आइतबार, १२ वैशाख २०७८, १६ : १५
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । आइतबार (वैशाख १२) सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७५.७९ अंकले घटेर २५७२.२२ बिन्दुमा अडिएको छ । यस दिन समग्रमा बजार २.८६ प्रतिशतले घटेको हो । ७ अर्ब २८ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार सेयर बजार राताम्मे बनेको छ । २७ सय बिन्दु माथि पुगेको सेयर बजार २६ सय बिन्दु तल झरिसकेको छ । 

२१५ कम्पनीको १ करोड ४६ लाख ९० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २ कम्पनीको भाउ सर्किट लाग्ने गरी बृद्धि भएको छ ।  खरिदबिक्री रकममा ३९ करोड ५२ लाख रुपैयाँसहित निफ्रा (नेपाल पूर्वाधार बैंक) सबैभन्दा अघि छ । दोस्रोमा ज्योति लाइफ इन्सुरेन्स र तेस्रोमा अपर तामाकोशी रहेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप