कर्णालीका चार प्रदेश सांसदलाई प्रदेश सभाबाट निष्कासन गरेको सूचना दर्ता (पत्रसहित)
आइतबार, १२ वैशाख २०७८, १६ : ०६
काठमाडौं । फ्लोर क्रस गरी मतदान गर्ने कर्णालीका चारजना प्रदेश सांसदलाई नेकपा एमालेले प्रदेशसभा सदस्यबाट निष्कासन गरेको छ ।
नेकपा एमाले प्रदेश सभा संसदीय दलले उनीहरुलाई निष्कासन गरेको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा केही बेरअघि दर्ता गरेको हो ।
कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी सरकार टिकाउन भूमिका खेलेका सदस्यहरुलाई पदबाट मुक्त गराइएको पत्र प्रदेशसभामा दर्ता गरेको जानकारी दिए ।
पदमुक्त हुनेमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मर बहादुर थापा र नन्दसिंह बुढा छन् ।
नेकपा एमाले दशैं महाधिवेशन आयोजक कमिटीको बैशाख १० मा बसेको बैठकले उनीहरूलाई प्रदेश सांसद र पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
-
कप्तान पूजाको उत्कृष्ट प्रदर्शनसँगै नेपालले पाकिस्तानलाई हरायो
-
प्रहरीद्वारा शोभा पाठक पक्राउ
-
दाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
लोडसेडिङ हुन नदिन भारतबाट साढे ६ सय मेगावाट विद्युत् आयात हुन्छ : मन्त्री खड्का
-
ललितपुरका विभिन्न स्थानमा इन्टेलिजेन्ट ट्राफिक लाइट जडान