बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतको सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने

आइतबार, १२ वैशाख २०७८, १५ : २८
आइतबार, १२ वैशाख २०७८

सुर्खेत । सुर्खेत जिल्लाका सबै पालिकाहरुमा अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गरिने निर्णय गरेको छ।  शनिबार प्रमुख जिल्ला अधिकारी छविलाल  रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले सो निर्णय गरेको हो ।  

प्रदेश अस्पतालमा कोरोनाका बिरामीको चाप दिनहुँ बढ्दै गएपछि जिल्लास्थित सबै पालिकाहरूले कोरोना संक्रमित बिरामीका लागि अक्सिजनसहितको आइसोलेसन बेड निर्माण गर्ने लागिएको  जिल्ला प्रशासन कार्यालयले आईतबार जानकारी गराएको हो ।

राजधानी समेत रहेको वीरेन्द्रनगरमा कोरोना संक्रमणको दर तीव्र गतिमा बढ्दै गएकाले संक्रमण न्यूनीकरणका लागि उद्योग वाणिज्य संघ, सुर्खेतको अगुवाइमा बजार क्षेत्रका सबै पसलहरूमा अनुगमन गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न लगाउने र सो कुराको जानकारी जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए ।   

साथै  प्रदेश अस्पतालले कल सेन्टरको स्थापना गरी सञ्चार माध्यमलाई कोभिड बारे जानकारी गराउने  छ,’ उनले भने ,‘ वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र संक्रमित बढेकाले नगरपालिका भित्रका सबै संयन्त्रलाई परिचालन गरी स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न लगाउने पनि  निर्णय बैठकले गरेको  छ ।’

त्यस्तै, नेपाल राष्ट्र बैंक, प्रदेश कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकास्थित सबै बैँकहरूसँग बैठक आयोजना गरी स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने र बैंकहरूले स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाह गरे नगरेको अनुगमन गरिनुका साथै सो कुराको जानकारी समितिलाई गराउने निर्णय पनि बैठकले गरेको प्रशासनले जनाएको  छ।  
सुर्खेतमा पछिल्लो समय कोरोनाको ग्राफ ह्वात्तै बढेको छ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप