बेलायतमा युवा लक्षित खोप अभियान शुरु
लन्डन । बेलायतमा कोरोना विरुद्धको खोप अभियान व्यापक सफल भएको बताउँदै आएको सरकारले अब युवाहरुलाई खोप लगाउन प्रेरित गर्ने अभियान शुरु गर्ने बताएको छ ।
सरकारले युवाहरुलाई खोपप्रति सकारात्मक बनाउँदै उनीहरुलाई खोप लगाउने अभियान अबको प्राथमिकता रहेको जनाएको छ ।
१६ देखि २९ वर्षबीचका ८ जनामध्ये एक जनामा खोपसम्बन्धी नकारात्मक धारणा पाइएको राष्ट्रिय तथ्यांकको कार्यालयले गरेको अनुसन्धानले देखाइरहँदा उनीहरुलाई प्रेरित गर्न लागिएको हो ।
विशेषगरि काला जातिमा खोप सम्बन्धि बढी नकारात्मक धारणा रहेको पनि अनुसन्धानमा उल्लेख छ । आफ्नो पालो आएपछि सबैले खोप लगाउन र आफू सुरक्षित रहन सरकारले सबै युवालाई आग्रह गरेको छ ।
५० वर्ष मुनीका मानिसहरुले खोप लगाउन कम चासो दिने गरेको अध्ययनले देखाएको छ ।
इंग्ल्याण्डमा हाल ४५ वर्ष माथिकालाई खोप लगाउन अनुरोध गरिएको छ भने स्कटल्यान्डमा ५० वर्ष माथिकालाई खोप लगाउने क्रम जारी छ । यसैगरी नर्दर्न आयरल्याण्डमा ३५ देखि ३९ वर्षका लागि खोप वितरण गरिंदै आएको छ । वेल्समा ३० देखि ३९ वर्ष उमेरकालाई खोप वितरण भइरहेको छ ।
उमेरको हद अनुसार खोप वितरण गरिएपनि अग्रपंक्तिमा काम गर्ने तथा थुप्रै युवाले खोप लगाइसकेका छन् ।
बेलायतमा गत डिसेम्बर ८ तारिखबाट कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको हो ।
बेलायतको जनसंख्याको आधा भन्दा बढी अर्थात ३३.५ मिलियनलाई खोपको पहिलो डोज दिइसकेको छ । १२ मिलियन अर्थात एक करोड २० लाख भन्दा बढीलाई दोस्रो डोजसमेत दिइसकिएको स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा