सेनाद्वारा संसदीय समितिको निर्देशन अवज्ञा, ठेक्का प्रक्रिया अघि बढ्यो
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन विपरित नेपाली सेनाले ठेक्का प्रक्रिया अगाडि बढाएको छ । आईतबार सेनाले तराइ मधेस द्रुतमार्गको सुरुङमार्ग र पुलका लागि गरिएका दुईवटै टेन्डरको आशयपत्र जारी गरेको छ ।
पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्टिङ इन्जिनियरिङ कर्पोरेसन र दोस्रो प्याकेज अन्तर्गत पोलि च्याङ्दा इन्जिनियरिङ कर्पाेरेसन छनोट भएको हो । चाइना स्टेट कन्स्ट्रक्टिङले १५ करोड ६१ लाख ४२ हजार ५ सय डलर (बैशाख १२ को विनिमयदर अनुसार १८ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबर) को बिड गरेको थियो भने पोलिच्याङदाले २० करोड ८५ लाख ७६ हजार ९ सय ३१.७० डलर (२५ अर्ब २ करोड ९२ लाख) बिड गरेको थियो ।
संसदीय समितिले मकवानपुरको धोन्द्रेमा र लेनडाँडामा गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि भएको ठेक्का रद्द गर्न चैत १९ मा निर्देशन दिएको थियो । तर आइतबार आशयपत्र निकालेर दोस्रो प्याकेजका लागि पोली च्याङदा कर्पोरेशन लिमिटेड छनोट भएको जनाएको छ ।
सेनाले चैत २१ मा प्रिक्वालिफिकेसनमा छनोट भएका दुईवटै प्याकेजको आर्थिक प्रस्ताव खोलेर मूल्याङकन गरेको हो । दुवै प्याकेजमा प्रि क्वालिफिकेसनमा छनोट भएका कम्पनी प्राविधिक पास भएपछि आर्थिक प्रस्ताव मागिएको थियो ।
लेखा समितिले सेनासँग फाइल मगाएर अध्ययन गरेपछि प्रिक्वालिफिकेसन रद्द गर्दै नयाँ प्रक्रिया थाल्न भनेको थियो । संसदीय समितिको निर्देशन विपरित सेनाले ठेक्का प्रक्रिया अगाडि बढाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन