मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा कोरोनाबाट एक पुरुषको मृत्यु

आइतबार, १२ वैशाख २०७८, १४ : ४२
आइतबार, १२ वैशाख २०७८

दाङ । यहाँ कोरोनाबाट आज एक पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका– १५ निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिए ।

उनका अनुसार ती पुरुषको आज बिहान ११ः१५ बजेतिर मृत्यु भएको हो । उनी अस्पतालमा यही वैशाख २ गतेदेखि सघन उपचार कक्षमा उपचाररत भर्ना भएका थिए । उनमा निमोनियासमेत थियो । यसअघि गत शनिबार तुलसीपुर उपमहानगरपालिका– १० निवासी ४२ वर्षीय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा मृत्यु भएको हो । जिल्लामा वैशाख महिनायता छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सोमा तुलसीपुरमा तीन, घोराहीमा दुई र लमहीमा एक जनाको मृत्यु भएको बताइएको छ । 

यसैबीच शनिबारमात्र दाङमा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा १६० को पिसिआर परीक्षण गर्दा ६७ र जिल्ला बाहिर गरिएको परीक्षण २१ जनामा कोराना पुष्टि भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप