मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कोभिडविरुद्धको लडाइँमा एकजुट भएर लाग्न पार्टीपङ्क्तिलाई ओलीको निर्देशन

आइतबार, १२ वैशाख २०७८, १३ : ०९
आइतबार, १२ वैशाख २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको भन्दै पार्टीपङ्क्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन् । 

बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि खटिन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएको जानकारी दिए । 
बैठकमा ओलीले कोरोनाले फेरि महामारीको रुप लिन थालेको भन्दै नागरिकलाई जोगाउन सरकारले आवश्यक काम गरिरहेको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप