शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीबाट बलात्कार आरोपमा एकजना पुरुष पक्राउ

आइतबार, १२ वैशाख २०७८, १२ : ३८
आइतबार, १२ वैशाख २०७८

जबरजस्ती करणी गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–१ बाट प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा–१  झुङ्गा बस्ने ४६ वर्षीय राम बहादुर चौधरी छन् ।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गएराती उनलाई पक्राउ गरेको हो । चौधरीमाथि ३६ वर्षीय महिलालाई बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप