माधव नेपालसहित ४ नेताको रिट न्यायाधीश ढुङ्गानाको बेन्चमा
आइतबार, १२ वैशाख २०७८, ११ : ५६
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको रिटको आइतबार सुनुवाइ हुने सूचीमा छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो ।
बिहीबार वारेस तिलकबहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भसाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको विरुद्ध उनीहरु अदालत गएका हुन् ।
नेपालसहितका नेताहरुले नेकपा एमालेका अध्यक्ष ओली र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएका छन् । रिट सुनुवाइका लागि पेसी सूचीको अन्त्यतिर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले बिथोल्यो तेस्रो दिनको खेल, भारतले गुमायो सस्तैमा चार विकेट
-
रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो
-
द्विविधामा कमला ह्यारिस : क्यालिफोर्नियाको गभर्नरमा उम्मेदवारी दिने कि राष्ट्रपतिको प्राइमरीमा ?
-
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
-
१ सय २६ केजी गाँजासहित दुई जना पक्राउ
-
अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने