शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बन्चरो प्रहारबाट मकवानपुरमा एक जनाको मृत्यु

आइतबार, १२ वैशाख २०७८, ११ : ३९
आइतबार, १२ वैशाख २०७८

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा छोराले बन्चरो प्रहार गरी बाबुको हत्या गरेका छन् ।
कैलाश गाउँपालिका वडा नम्बर–३ मा आइतबार बिहान ९ बजेको समयमा आफ्नै छोराले बन्चरो प्रहार गर्दा बाबुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय बलराम सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले रातोपाटीलाई जानकारी दिए ।

मृतक सापकोटाको बन्चरो प्रहारबाट घटनास्थलमै मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।
मृतक सापकोटालाई आफ्नै छोरा वर्ष ३० का अञ्जन सापकोटाले बन्चरो प्रहार गरेर हत्या गरेको र उनलाई पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अधिकारीले बताए ।

बन्चरो प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप