अविश्वास प्रस्तावको तयारी गरेको भन्दै माधव पक्षका सांसदलाई निलम्बन गर्ने एमालेको तयारी
काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।
एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकले उक्त निर्णय लिने ओली पक्षका नेता कर्ण थापाले जानकारी दिए ।
थापाका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ ।
आइतबार १० बजेका लागि बोलाएको आयोजक समितिको बैठकअघि बालुवाटारमा स्थायी समिति बैठक बसिरहेको छ ।
बैठकले माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य थप सांसदमाथि समेत कारवाही गर्ने तयारी गरेको बताइएको छ ।
शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो ।
यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो । तर अविश्वास प्रस्तावका पक्षमा उभिने नेपाल पक्षले प्रतिबद्धता जनाकाे भन्दै आयोजक कमिटीकै बैठकबाटै निर्णय लिन लागिएकाे थापाकाे भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ