बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

अविश्वास प्रस्तावको तयारी गरेको भन्दै माधव पक्षका सांसदलाई निलम्बन गर्ने एमालेको तयारी

आइतबार, १२ वैशाख २०७८, ११ : २८
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग गरेको भन्दै नेकपा एमालेले माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुलाई कारवाही गर्ने तयारी गरेको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकले उक्त निर्णय लिने ओली पक्षका नेता कर्ण थापाले जानकारी दिए ।

थापाका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकअघि स्थायी समिति बैठकमा माधव पक्षका सांसदहरुलाई कारवाही गर्ने विषयमा छलफल भएको छ ।

आइतबार १० बजेका लागि बोलाएको आयोजक समितिको बैठकअघि बालुवाटारमा स्थायी समिति बैठक बसिरहेको छ ।

बैठकले माधव नेपाल, भीम रावलसहित निलम्बित चार र अन्य थप सांसदमाथि समेत कारवाही गर्ने तयारी गरेको बताइएको छ । 

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो । 

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो । तर ​अविश्वास प्रस्तावका पक्षमा उभिने नेपाल पक्षले प्रतिबद्धता जनाकाे भन्दै आयोजक कमिटीकै बैठकबाटै निर्णय लिन लागिएकाे थापाकाे भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप