शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

लागूऔषधसहित नागढुङ्गाबाट २ जना पक्राउ

आइतबार, १२ वैशाख २०७८, १० : ३२
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । चन्द्रागिरी नागरपालिका–२ स्थित नागढुङ्गाबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ घर भएका ४६ वर्षीय लाल बाबु नदाफ र २६ वर्षीय अली हुसेन छन् ।

 महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले उनीहरुको साथबाट ४ हजार ४ सय ९८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००५ख ९७२६ नम्बरको बसमा सवार उनीहरुले लुकाइछिपाइ लागूऔषध ल्याएका थिए । 
आरोपीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन–०३३ अनुसार अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप