थरुहट/थारुवान राष्ट्रिय मोर्चाद्वारा संघर्षका सबै कार्यक्रम स्थगित
थरुहट/थारुवान राष्ट्रिय मोर्चाले तेस्रो चरणको संघर्षको सबै कार्यक्रम स्थगित गरेको छ । मोर्चाको केन्द्रीय सचिवालयको गत चैत्र २५ गते बसेको बैठकले तेस्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत नवलपरासी, कपिलबस्तु, दाङ÷देउखुरी, बर्दिया र कञ्चनपुरमा आयोजना गरिने वृहत् जनदबाब तथा जनजागरण सभा गर्ने निर्णय गरेको थियो। तर दिनप्रतिदिन भयावह रुपमा फैलिरहेको कोरोना रोगको संक्रमणको अवस्थालाई दृष्टिगत गरी संघर्षका कार्यक्रम स्थगित गरिएको मिनराज चौधरीले जानकारी दिएका छन् ।
मोर्चाद्वारा जारी विज्ञप्तिमा भनिएको छ – कोभिडको संक्रमण बाट बच्न र बचाउन नेपाल सरकार गृह प्रशासनले विभिन्न जिल्लामा गरेको बन्दाबन्दी (लकडाउन), जिल्ला विपद व्यवस्थापन समितिको बैठकबाट सभा सम्मेलन निषेध गर्ने निर्णय समेतलाई मध्येनजर गर्दै, यस किसिमको गम्भिर परिस्थिति र अवस्थामा सबै नागरिकको जीउधनको सुरक्षा एवं सु–स्वास्थ्यप्रति जिम्मेवार बन्दै अर्को सूचना नहुन्जेलसम्मका लागि उक्त समयमा निर्धारित बृहद जनजागरण तथा जनदबाब सभा पछि अनुकूल समयमा गर्नेगरी हाललाई स्थगित भएको व्यहोरा यसै विज्ञप्ति मार्फत सबैमा जानकारी गराउन चाहन्छौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन