सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा एमालेको आकस्मिक बैठक बस्दै

आइतबार, १२ वैशाख २०७८, ०८ : ५५
आइतबार, १२ वैशाख २०७८

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, 'हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।'

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । 'आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छैन । केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक बोलाइएको होला,' थापाले भने 

शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीबाट निष्कासन गरेको थियो भने २६५ जना केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको थियो । बैठकले झलनाथ खनाल र माधव नेपाल पक्षलाई अलग राखेर पार्टीको स्थायी समिति गठन गरिएको थियो । 

यस्तै २७ जना संघीय सांसदमाथि सोधिएको स्पष्टीकरणबारे निर्णय लिने जिम्मा स्थायी समितिलाई दिइएको थियो । तर ​केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकाले आयोजक कमिटीकै बैठक बस्न लागेको थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप