बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

दुई गोल गरेपछि घाइते बने एम्बाप्पे

आइतबार, १२ वैशाख २०७८, ०७ : ०४
आइतबार, १२ वैशाख २०७८

पेरिस सेन्ट जर्मेनलाई जित दिलाउन दुई गोल गरेका किलियान एम्बाप्पे चोटका कारण मैदान छाड्न बाध्य बनेका छन् । पछिल्ला दुई लिग खेलमा एम्बाप्पेले चार गोल गरेका छन् ।

शनिबार भएको खेलमा मेट्जविरुद्ध ३–१ को जीत निकाल्दै साबिक विजेता पीएसजी लिगको शीर्ष स्थानमा उक्लिएको छ । यद्यपि, २ अंकले पछि रहेको लिलले एक खेल कम खेलेको छ ।

खेलको चौथो मिनेटमा पीएसजीलाई एम्बाप्पेले अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै फाबियन केन्टोन्जेले बराबरी गोल फर्काए । तर लगत्तै एम्बाप्पले गोल गर्दै पीएसजीलाई पुनः अग्रता दिलाए । खेलको अन्त्यतिर माउरो इकार्डीले पेनाल्टीबाट गोल गर्दै पीएसजीको जीत सुनिश्चित गरे ।

माउरिसो पोचेटिन्होको टोलीले यो हप्ता च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यान्चेस्टर सिटीको सामना गर्दैछ । पोचेटिन्होले सो खेलअघि नै एम्बाप्पे फिट हुने आशा व्यक्त गरे ।

एम्बाप्पेले यो सिजन लिगमा २९ खेलमा २५ गोल गरेका छन् भने सबै प्रतियोगितामा ४२ खेलमा ३७ गोल गर्न सफल भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप