बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

हजार्ड फर्किए, रियल रोकियो

आइतबार, १२ वैशाख २०७८, ०६ : ३६
आइतबार, १२ वैशाख २०७८

रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ ।

साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।

रियलका लागि खेलमा सकारात्मक पक्ष भनेको एडिन हजार्डको पुनरागमन थियो । चोटका कारण लामो समय मैदानबाहिर रहेका हजार्ड खेलको ७७ औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । गत मार्च १३ पछि उनी लिगमा पहिलोपटक मैदानमा प्रवेश गरेका हुन् ।

अब रियलले मंगलबार च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा चेल्सीको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप