बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

लकडाउन होइन ‘मोबिलिटी रेस्ट्रिक्सन’ गर्न स्वास्थ्य मन्त्रालयको जोड

शनिबार, ११ वैशाख २०७८, १९ : १७
शनिबार, ११ वैशाख २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि ‘मोबिलिटी रेस्ट्रिक्सन’ (आवातजावतमा कडाइ) मा जोड दिएको छ । नेपालमा कोरोनाको दोस्रो लहर बढ्दै गर्दा मन्त्रालयले संक्रमण नियन्त्रण र रोकथामका लागि ‘मोबिलिटी रेस्ट्रिक्सनमा जोड दिएको हो ।
 विभिन्न नाममा भिडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालनामा समेत लापरबाही भइरहेको सन्दर्भमा मोबिलिटी रेस्ट्रिक्सन उपयुक्त विकल्प हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । 
उनका अनुसार मन्त्रालय विगत १ महिनादेखि नै सो मोडलको पक्षमा रहेको छ भने सोही अनुसार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पनि सुझाइएको थियो । जसमा ५ जना भन्दा बढी भिडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमा र नाकाहरुमा कडाइ गर्नेजस्ता विषय समेटिएका थिए । 

मन्त्रालयले कोरोनाको सम्भावित फैलावटलाई रोक्न समयमै सीसीएमसीलाई सिफारिस गरेपनि निर्णयमा ढिलाइ गएको गौतमले गुनासो गरे ।  ‘विद्यालय समयमै बन्द गर्नुपर्ने थियो, भीडभाड हुने ठाउँमा समयमा सजक हुनुपर्ने थियो’, उनको भनाइ छ, ‘अहिले संक्रमण फैलिँदै गएको छ, समयमा मोबिलिटी रेस्ट्रिक्सन भइदिएको भए केही सहज हुन्थ्यो कि ।’

उनले लकडाउन नै कोरोना रोकथामको विकल्प  नभएको भन्दै स्वास्थ्य मापदण्डको पालनासहित जावतजावतमा कडाइ गरिनुपर्नेमा जोड दिए । 
मन्त्रालयले लकडाउनका लागि पछिल्लो समय सिफारिस गरेको आफूलाई थाहा नभएको भन्दै लकडाउन गर्दैमा कोरोना नियन्त्रण हुन नसक्ने पनि बताए । कतिपयले कोरोना भयावह बन्दै गएको भन्दै लकडाउन गर्नुपर्ने बताउँदै आएकाे बेला मन्त्रालयको यस्तो धारणा आएकाे हाे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप