उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजान्छौं : अर्थमन्त्री पौडेल
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा उद्यमीका जायज सुझावहरुलाई बजेटमार्फत कार्यान्वयनमा लैजाने बताएका छन् । आगामी बजेटको सन्दर्भमा युवा उद्यमीहरुसँग सुझाव लिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले युवा उद्यमीहरुका सम्भव र जायज सुझावहरूलाई कार्यान्वयनमा लैजाने बताए ।
तर के सम्भव र के जायज हुन भन्ने कुरा बजेटको पूर्वसन्ध्यामा रहेको अर्थमन्त्रीले बोल्न नमिल्ने पनि बताए । छलफलमा युवा उद्यमीहरुले राखेको सुझावमा धेरै महत्वपूर्ण अन्तर तत्वहरु अन्तरनिहीत रहेको छ भन्ने ठानेको बताउए । अहिलेको परिस्थितिमा औषत गतिमा हिँडेर नहुनेमा आफू स्पष्ट रहेको बताए । कोभिडको सामाना मुलुकले गरिरहेको र यसबाट केही शिक्षा पाएकाले नयाँ ढङ्गले बजेट निर्माण हुने जानकारी दिए ।
अर्थतन्त्रको पुनरुत्थानको कुरा र उन्नती प्रगति मात्रै गरेर नपुग्ने भएकाले अब नीतिगत हस्तक्षेप आवश्यक रहेको रहेको पनि प्रष्ट पारे ।
कार्यक्रममा युवा उद्यमीहरुले भन्सारमा न्यून विजकीकरण, एग्रो प्रशिक्षण जोन, उद्योगको लाइफ, लगानी, बैंक फाइनान्स, बिजुलीको डिमान्ड शुल्क, निर्यातमा भएका समस्याहरु, स्टिल उद्योगको समस्याहरूको विषय, स्टार्टअप पोलिसी लागयतका विषयमा सुझाव दिएका छन् ।
त्यसबाहेक चलचित्र क्षेत्रका समस्या, शेयर बजारको आवश्यकता, युवा उद्यमीलाई प्रोत्साहित हुनेगरी कर निर्धारण गर्नुपर्ने, जलविद्युत परियोजनाहरुको क्षमता बढाउने लगायतका विषयमा समेत उद्यमीहरुले सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या