सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

समृद्धिका लागि भौतिक पूर्वाधारमा जोड दिनुपर्छः मन्त्री नेम्वाङ

शनिबार, ११ वैशाख २०७८, १३ : ०८
शनिबार, ११ वैशाख २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मुलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । 

शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका हुन् । नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए । अहिले मुलुकमा नयाँनयाँ सुरुङमार्ग, रेलमार्ग, एयरपोर्ट, सिँचाई आयोजना निर्माण हुने चरणमा रहेकोले त्यस्ता पूर्वाधार निर्माणका लागि इन्जिनियरिङ क्षेत्रले आफूलाई विकास गर्नुपर्ने बताए । 

मुलुकमा निर्माण हुने ठूलाठूला भौतिक पूर्वाधारको निर्माणलाई तिब्रता दिन र त्यसको निर्माणमा सफलता प्राप्त गर्न इन्जिनियरहरु बीना सम्भव नभएको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप