बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

धरहरा चढेपछि ओलीले भने–आइफल टावर चढेको स्मरण भयो

शनिबार, ११ वैशाख २०७८, १२ : ५०
शनिबार, ११ वैशाख २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताएका छन् । शनिबार उद्घाटन भएपनि ओली धरहराको टुप्पोमा पुगेका थिए । 

धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’ 
उनले धरहराको टुप्पोमा बेजोड हावा चलेको सुनाउँदै त्यहाँबाट काठमाडौंको दृश्य पनि मनमोहन देखिएको बताए । विगतको भन्दा धरहरा अग्लो भएको बताउँदै ओलीले धरहरा नेपालीको भावनासँग जोडिएको बताए । 

‘धरहरामा जनताका भावनाहरु छन् । धरहरा ढल्दा हामी आफै ढलेजस्तो लाग्छ । धरहराको भग्नावशेष हेर्दा आफ्नो इतिहास नै खण्डहर भएजस्तो लाग्छ’, ओलीले भने, ‘धरहरा उठ्दा गर्व महसुश हुन्छ । हामीले भरसक इतिहास र गौरव झल्कियोस् र आजका आधुनिकता पनि टल्कियोस् भन्नेमा ध्यान दिनेगरी बनाएका छौं ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप