प्राधिकरणका सीईओलाई प्रश्न : भूकम्प गएको ६ वर्षमा के भयो, के भएन ?
विनाशकारी भूकम्प गएको ६ बर्ष पूरा भएको छ । २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट अतिप्रभावित १४ जिल्ला र अन्य केही जिल्लामा समेत गरेर झन्डै ८ लाख घर भत्काएको थियो । ७ सयभन्दा बढी पुरातात्विक संरचनामा क्षति पु¥याएको थियो । सोही बर्ष सरकारले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन गरेको थियो ।
पुनर्निर्माणका लागि ५ वर्ष समय पाएको प्राधिकरणको आफ्नो समयसीमा पनि अब सकिँदैछ । गत वर्ष सरकारले प्राधिकरणको कार्यावधि एक वर्ष थप गरेको थियो । आगामी पुस १० मा प्राधिकरणको अवधि समाप्त भएर यो विघटित हुनेछ ।
भूकम्पपछिको यो ६ वर्षको अवधिमा प्राधिकरणले के–कस्ता कामहरु ग¥यो ? के काम हुन सकेनन् ? अनि प्राधिकरण विघटन भएपछि अधुरा कामहरु कसले गर्छ ?
यिनै प्रश्नहरुमा केन्द्रित रहेर पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीसँग रातोपाटीका संवाददाता शम्भु दंगालले गरेको संक्षिप्त कुराकानी :
प्राधिकरणले अहिलेसम्म भूकम्पले भत्काएका कति भौतिक संरचनाको पुनर्निर्माण सम्पन्न ग¥यो ? कति बाँकी छन् ?
मूलभूतरुपमा अधिकांश संरचनाहरूको पुनर्निर्माण गरिसकेको अवस्था छ । अहिले निजी आवासतर्फ सम्पन्न भएका र पुनर्निर्माण हुँदै गरेका तथ्याङ्क हेर्दा ९३ प्रतिशत जनता घर निर्माण सम्पन्न गर्ने अवस्थामा पुगेका छन् ।
यस्तै, विद्यालयतर्फ ७ हजार ५ सय ५३ विद्यालय मध्ये ८३ प्रतिशत बराबरको निर्माण सम्पन्न भएको छ । यो आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने तरिकाले अगाडि बढिरहेका छौँ ।
पुरातात्विक सम्पदातर्फ पनि राम्रो प्रगति भएको छ । ५१ प्रतिशत पुरातात्विक सम्पदाको पुनर्निर्माण भइसकेको छ । अहिले ३२ प्रतिशत सम्पदाको काम भइरहेको छ । यसरी हेर्दा पुरातात्विक सम्पदाहरू छिट्टै सकिने अवस्था छ ।
सरकारी भवनतर्फ हामीले एकदमै राम्रो प्रगति हासिल गरेका छौँ । ४१५ सरकारी भवनमध्ये ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने अरु बाँकी काम निर्माणको प्रक्रियामा छ ।
सुरक्षा निकायको भवनतर्फ २१६ वटा निर्माण गर्नुपर्नेमा ९८ प्रतिशतको काम सम्पन्न भइसकेको छ । यसरी भौतिक हिसावले पुनर्निर्माणको काम सम्पन्नताको नजिक पुगेको छ ।
यसका साथै गुणात्मक हिसावले पनि सामाजिक आर्थिकरूपमा, प्राविधिक हिसाबमा पनि सफलताको नजिक पुगेका छौँ । पहिला जति पनि ढुङ्गामाटाको प्रविधिबाट घर बनेका थिए अहिले नयाँ प्रविधिको प्रयोग गरेर निर्माण सम्पन्न भएको छ । जति पनि घर बनेका छन्, तिनलाई बलियो बनाउने गरी काम भएको छ । सामान्य क्षति पुगेका घरमा पनि रेट्रोफिट गर्ने नयाँ प्रविधि पनि प्रयोग गरिएको छ । जनताको तहमा यो प्रविधि हस्तान्तरण भएको छ । जनतामा सुरक्षित घर बनाउनुपर्छ भन्ने सचेतना माथि गएको पाएका छौँ ।
सबै हिसावले हेर्दा नेपालको पुनर्निर्माण सही दिशामा र उपलब्धीमूलक ढंगले सम्पन्न हुँदैछ ।
यो बीचमा पुनर्निर्माण हुन नसकेका, छुटेका कामहरु चाहिँ के–के हुन् ?
हाम्रा सबै कामहरु निर्माणको चरणमा गइसकेका छन् । पुनर्निर्माणको सबै क्षेत्रमा हामीले हात हालिसकेका छौँ । निर्माणको काम अगाडि बढेको छ । एउटा चरणमा काम पुगिसकेको छ । सम्पन्न हुन सकेन भन्ने भन्दा पनि ती कामहरु अगाडि बढ्दै गइरहेका छन् ।
अहिले कोरोना महामारीले पनि काममा अलिकति असर ग¥यो । वित्तीय स्रोत जुटाउनका लागि पनि केही समस्या देखाप-यो । कोरोनाका कारण हामीले चाहे जति वित्तीय स्रोत परिचालन गर्ने अवस्था देखा परेन । वित्तीय स्रोत परिचालन गर्दै, काम गर्दै जाने क्रममा प्राधिकरणको समयावधि कायम रहँदा पनि केही काम सम्पन्न गर्न सकिएन । तर, ती काम अघि बढिसकेकाले सरकारका सम्बन्धित निकायहरुले त्यसलाई अगाडि बढाउँदै लैजानेछन् ।
हालसम्म पुनर्निर्माण क्रममा कति खर्च भयो ? अब बाँकी कामका लागि कति खर्च लाग्न सक्छ ?
चैत मसान्तसम्म ३ खर्ब ५३ अर्ब रुपैयाँ बराबरको खर्च भइसकेको छ । यो प्राधिकरणले सरकारले दिएको स्रोतबाट गरेको खर्च हो । हामीले प्राधिकरणको तर्फबाट परिचालन गर्नुपर्ने रकम ४ सय ८८ अर्ब हो ।
तर, त्यो रकमभन्दा थोरै रकममात्र परिचालन भएको छ । केही आर्थिक स्रोतहरु गैरसरकारी तथा निजी क्षेत्रबाट पनि परिचालन भएको छ । करिब ७० अर्ब रुपैयाँ बराबर गैरसरकारी क्षेत्रबाट परिचालन भएको छ ।
कतिपय भौतिक संरचनाको दातृ निकायले आफैले लगानी गरी पुनर्निर्माण गरेर हामीलाई हस्तान्तरण गरेको अवस्था पनि छ । यो सबै हेर्दा ठूलो रुपमा हाम्रो वित्तीय स्रोत परिचलान हुने अवस्था देखिन्छ ।
भूकम्प गएका बेला जोखिम न्यूनीकरणका लागि पूर्व सावधानी अपनाउन नयाँ–नयाँ कार्ययोजना अगाडि सारिएको थियो । घर यति तलाभन्दा माथि बनाउन नपाइने, पर्खाल यति अग्लो बनाउनुपर्छ भन्ने कुरा आउने गथ्र्यो, तर अहिले यी विषयमा खासै काम भएजस्तो देखिँदैन नि ?
यो कुरा यस्तो भयो, जनताको घर बनाउने कुरा उनीहरुको आर्थिक सामाजिक रुपमा सहज हुने ढंगले गर्नुपर्ने हुन्छ । हामीले हाम्रो चाहनाले मात्र गराउनु पनि हुँदैन । घर बनाउने कुरा भनेको जनताको आफ्नो आर्थिक जीविकोपार्जनसँग सम्बन्धित, आर्थिक, सांस्कृति कुरासँग सम्बन्धित रहेको छ । यी सबै कारणले गर्दा जनताको ईच्छा अनुसारको ठाउँमा घर बनेको छ ।
हामीले के भनेका थियौँ भने सुरक्षित स्थानमा घर बनाउनुपर्छ । यो कुराको सुनिश्चित भएको छ । घरहरु पनि सुरक्षितरुपमा बनेका छन् । ग्रामीण भागमा कृषिसँग सम्बन्धित आर्थिक जीवनस्तर भएकाले छरिएर रहेका घरहरुलाई एकीकृत रुपमा विकास गर्न पनि कठिनाई भयो । यो हिसावले जनताहरूले चाहेको स्थानमा सुरक्षित घर बनेको छ ।
प्राधिकरणलाई दिएको समय सकिँदैछ, अब बाँकी रहेको काम कुन स्वरुपमा अघि बढ्छ ?
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अब आफ्नो स्वरुपमा रहँदैन । सरकारले विपद व्यवस्थापन प्राधिकरण गठन गरिसकेको छ । त्यो प्राधिकरण मार्फत पुनर्निर्माण प्राधिकरणले गर्दै गरेको कामलाई हस्तान्तरण गर्र्दै अगाडि बढ्छ । साथै सम्बन्धित सरकारी निकायलाई भइरहेको बाँकी काम हस्तान्तरण गर्दै जाने प्राधिकरणको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको चीन भ्रमण राम रमिता र गरिष्ठ भोजनमा सीमित हुने देखिन्छ : हरि रोका
-
लाल सागरमा पर्यटक चढेको डुङ्गा डुब्दा १६ जना बेपत्ता
-
लथालिङ्ग भएको कीर्तिपुरलाई नमुना नगर बनाउँछु : माओवादी उम्मेदवार महर्जन (भिडियोसहित)
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कीर्तिपुरमा त्रिपक्षीय भिडन्त हुने सम्भावना, के भन्छन् उम्मेदवारहरू ?
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया