बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पञ्जाव किङ्ग्सको दोस्रो जित

शुक्रबार, १० वैशाख २०७८, २३ : ३९
शुक्रबार, १० वैशाख २०७८

चेन्नई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै अंक तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ । पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जावले उक्त लक्ष्यलाई एक विकेटको क्षतिमा १४ बल अगावै पूरा गरेको हो ।

पञ्जावको जितमा कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए भने क्रिस गेलले ४३ रन जोडे । यसअघि मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै स्कोरलाई सम्मानजक अवस्थामा पु¥याएका थिए । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मुम्बईले १३१ रन बनाएको थियो ।

मुम्बईका लागि रोहितले ६३, सूर्यकुमार यादवले ३३ र किरन पोलार्डले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जावका लागि मोहम्मद शामी र रवि बिस्नोइले किफायती बलिङ गरे । शामीले चार ओभरमा २१ रन खर्चिएर दुई विकेट लिए भने बिस्नोइले दुई विकेटका लागि २१ रन नै खर्चिएका थिए ।

पाँच खेलमा दोस्रो जितसँगै पञ्जाव किङ्ग्स अंक तालिकाको पाँचौं स्थानमा पुगेको छ । पाँच खेलमा तेस्रो पराजयका बाबजुद मुम्बई चौथो स्थानमा कायम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप