बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना संकट : मोदीले गरे ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल

शुक्रबार, १० वैशाख २०७८, २२ : ५१
शुक्रबार, १० वैशाख २०७८

एजेन्सी । कोरोनाभाइरसको महामारी दिनप्रति दिन तिव्र रुपमा फैलिन थालेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका छन् । पछिल्लो समयमा धेरै सङ्क्रमितहरु देखिएका ११ प्रदेशका मुख्यमन्त्रीहरुसँग उनले छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री मोदीले सबै प्रदेशका मुख्यमन्त्रीहरूलाई कोरोनाभाइरस विरुद्ध मिलेर लड्नुपर्नेमा जोड दिएका थिए । संयुक्त रुपमा लड्नका लागि उनले केही प्रस्तावहरू समेत राख्नुभएको र छलफल भएको अधिकारीहरुले बताएका छन् । 

आफ्नै अध्यक्षतामा भएको बैठकमा प्रधानमन्त्री मोदीले भने, “कोरोनाभाइरसका विरुद्धमा एक्ला एक्लै लडेर सकिँदैन, त्यसका लागि सबै पक्षका बीचमा सहकार्य र सहयोग आदान प्रदान जरुरी छ, त्यसैले मैले सबैलाई सँगसँगै काम गर्नका लागि आह्वान गर्दछु ।” 

उनले यसअघि आएको पहिलो चरणको महामारी पनि राम्रो सहकार्य र व्यवस्थापनका कारण जित्न सकिएको चर्चा समेत बैठकमा गरेका थिए । यसपटक पनि त्यही अनुसार प्रतिवाद गर्न सक्नुपर्नेमा पनि उनले जोड दिए ।

उनले सबै प्रदेशका स्वास्थ्य मन्त्रीहरुलाई पनि एक अर्कामा नजिक रहेर काम गर्न र एक अर्काका राम्रा अनुभवलाई उपयोग गर्न पनि सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप