१० करोड लागतमा भारतद्वारा दुई विद्यालय र एक क्याम्पस भवन निर्माण
भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न श्री रम्भा उच्च माध्यमिक विद्यालय, श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय र श्री नव आदर्श बहुमुखी क्याम्पसका नवनिर्मित भवनहरूको शुक्रबार उद्घाटन गरिएको छ । ९ करोड ८३ लाख रूपैयाँ लागतमा निर्माण गरिएका भवनहरूको भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रथम सचिव करुण वंशल, जिल्ला समन्वय समिति, पाल्पा, विद्यालय व्यवस्थापन समिति र स्थानीय प्रतिनिधिहरुले भर्चुअल माध्यमद्वारा उद्घाटन गरेका हुन् ।
पाल्पा जिल्लाको ताहुँ गाउँ विकास समितिमा सन् १९५२ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री रम्भादेवी उच्च माध्यमिक विद्यालय सन् २००२ मा उच्च माध्यमिक तहमा स्तरोन्नत भएको थियो । हाल विद्यालयमा ६७५ विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ३ करोड २१ लाख अनुदानमा निर्मित यस तीन तल्ले विद्यालय भवनमा १७ वटा कक्षाकोठा, गोष्ठी, कम्प्युटर, प्रधानाध्यापक, लेखा, कर्मचारी, प्रयोगशाला र अनुसन्धानका लागि एक–एकवटा कक्ष, कम्पाउन्ड वाल, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।
त्यस्तै पाल्पा जिल्लाको तानसेन–५, बन्दीपोखरामा सन् १९६३ मा प्राथमिक विद्यालयको रुपमा स्थापना भएको श्री लक्ष्मी उच्च माध्यमिक विद्यालय सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नत भएको थियो । हाल यस विद्यालयमा ३५० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५५ प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. ४ करोड १३ लाख अनुदानमा निर्मित यस दुई तल्ले विद्यालय भवनमा ८ वटा कक्षाकोठा, २ वटा कार्यालय कक्ष, २ वटा प्राध्यापक कक्ष, कमन रुम सहितको २२ शैय्याको होस्टल भवन, चर्पी, पानी ट्याङ्की, फर्निचर तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।
यता, त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट सम्बन्धन प्राप्त श्री नव आदर्श बहुमुखी क्याम्पस पाल्पा जिल्लाको देउरालीमा सन् २००६ मा स्थापना भएको हो । क्याम्पसले कृषिको प्राविधिक कोर्ष र व्यवस्थापन तथा शिक्षा विषयमा डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । हाल क्याम्पसमा ३० विद्यार्थीहरु अध्ययनरत छन् जसमा ९० प्रतिशत छात्राहरु रहेका छन् । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु. २ करोड ४८ लाख अनुदानमा निर्मित यस दुई तल्ले क्याम्पस भवनमा १३ वटा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर, क्याम्पस प्रमुख, लेखा र प्राध्यापक, फर्निचर तथा कार्यालय उपकरण तथा छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन् । जिल्ला समन्वय समिति, पाल्पाले विद्यालय भवनको निर्माण कार्यको अनुगमन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार