राप्तीको खुरखुरेमा रहेको सिभिल बैंकको शाखा स्थानान्तरण
काठमाडौं । सिभिल बैंकले आफ्नो राप्ती स्थित खुरखुरे शाखा स्थानान्तरण गरेको छ । स्थानान्तर खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरिन् ।
उक्त शाखा उद्घाटन गर्दै प्रमुख बरालले बैंकले खुरखुरेमा वित्तीय पहुँच बृद्धि गर्नुको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने विश्वास व्यक्त गरिन् । व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरूलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न बैंकले सघाएको बताइन् ।
उक्त समारोहमा सिभिल बैंकका प्रदेश २ का प्रमुख विश्वास अर्यालले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए । सिभिल बैंकले यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागि साना तथा मझौला व्यापार ब्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरू जस्तैः घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या