राजश्व छली गर्ने १३ फर्मविरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने १३ फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कामपा १४ कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, कामपा १० थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग गरी राजश्वमा ठूलो क्षति पुर्याएको भन्दै कुल २ अर्ब १९ करोड २७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो दाबी गरेको छ । विभागका अनुसार यी कम्पनीहरुले मूल्य अभिवृद्धि करतर्फ कुल ६४ करोड ४० लाख ९७ हजार ८७२ रुपैयाँ र आयकर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७२४ रुपैयाँ राजश्व छली गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई