राजश्व छली गर्ने १३ फर्मविरुद्ध उच्च अदालतमा मुद्दा
![राजश्व छली गर्ने १३ फर्मविरुद्ध उच्च अदालतमा मुद्दा](https://rpcdn.ratopati.com/media/albums/rajswo_anusandhan_g4aUrBqc0a_1t1BcmdMTl.jpg)
काठमाडौं । नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने १३ फर्म विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका १८ बस्ने अनिल गुप्ता एण्ड एशोसियसनसहित कामपा १४ कुलेश्वर स्थित अंकुश ट्रेड एण्ड, कामपा १० थापा गाउँको सन्ध्या ट्रेडर्स लगायतका १३ फर्मका सञ्चालक १६ जनाविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले यी फर्महरुले नक्कली मूल्य अभिवृद्धि करसहित आयकर कर समेतको नक्कली बिल प्रयोग गरी राजश्वमा ठूलो क्षति पुर्याएको भन्दै कुल २ अर्ब १९ करोड २७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो दाबी गरेको छ । विभागका अनुसार यी कम्पनीहरुले मूल्य अभिवृद्धि करतर्फ कुल ६४ करोड ४० लाख ९७ हजार ८७२ रुपैयाँ र आयकर तर्फ १ अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७२४ रुपैयाँ राजश्व छली गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा