१८३ नमुनाको परिक्षण गर्दा ६३ जनामा संक्रमण
सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८३ नमुनाको परिक्षण गर्दा थप ६३ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो ।
पुष्टि हुनेमा धनगढीका १४ महिला र १५ पुरुष, टीकापुरका १ महिला र ३ पुरुष, गोदावरीका २ महिला र ४ पुरुष, घोडाघोडीका ४ महिला र ४ पुरुष, जानकीका ३ महिला र १ पुरुष, जोशीपुरका १ पुरुष, चुरेका १ महिला, कञ्चनपुर बेलौरीका २ महिला र १ पुरुष छन् ।
त्यसैगरी कञ्चनपुर पुनर्वासका ५ पुरुष, कञ्चनपुर लालझाडीका १ पुरुष र नवदुर्गा बैतडीका १ पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
१२० नमुना भने नेगेटिभ आएको उनले बताए । कोरोना संक्रमित २९ पुरुष र ९ महिलाको सेती प्रादेशिक अस्पताल धनगढीमा रहेको कोरोना अस्पतालमा उपचार भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने