काठमाडौँमा मात्र थपिए ९४० संक्रमित
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौँपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।
आज नेपालभरमा २५ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।
यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् ।
यही अवधिमा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली हाते कागज उद्योगबाट गाउँमै मनग्य आम्दानी
-
भारतमा बैतडीका दाजु बहिनीको शङ्कास्पद मृत्यु
-
४ सदस्यीय बक्सिङ टोली थाइल्यान्ड जाने
-
पक्राउ पुर्जी जारी भएपछि कैलाश सिरोहियाले भने– ब्याग, लुगाफाटो र औषधि गाडीमा हालेर आएको छु
-
सिरोहिया भेट्न कांग्रेस नेताको लर्को
-
अर्थतन्त्र शिथिल बन्दा खुम्चियो वीरगञ्ज भन्सारको आयात