शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : आयोगद्वारा निर्वाचन कार्यतालिका स्वीकृत

शुक्रबार, १० वैशाख २०७८, १६ : २४
शुक्रबार, १० वैशाख २०७८

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाको स्थानमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदको उपनिर्वाचनका लागि निर्वाचनले आयोगले तयारी थालेको छ । आयोगले बागमती प्रदेशको अन्य समूह तर्पmबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त रहेको पदको लागि जेठ ६ गते बिहीबारका लागि उपनिर्वाचन तय गरेको हो ।

उपनिर्वाचनको तयारीका आयोगको शुक्रबार बसेको बैठकले निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनपूर्व, निर्वाचनको समयमा र निर्वाचनपश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यतालिका स्वीकृत गरी उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म निर्धारण गरेको छ ।

त्यस्तै, बैठकले बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ । आयोग प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा दुई जना जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा लेखी पठाउने समेत निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप