बागमती प्रदेशमा बलात्कार बढ्यो, ज्यान मुद्दा घट्यो
काठमाडौं । बागमती प्रदेशका उपत्यका बाहेक १० जिल्लामा बलात्कार बढेको छ । पछिल्लो एक वर्षमा बलात्कारका बढेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ०७७ मा बलात्कार, ज्यान मार्ने उद्योग र बोक्सीको आरोप लगाउने जस्ता अपराध बढेको छ ।
०७५ मा प्रदेशका प्रहरी युनिटमा २ सय ३६ बलात्कारका घटना दर्ता भएको थियो । सो संख्या ०७६ मा बढेर २ सय ४८ पुगेको थियो । ०७७ मा बलात्कार बढेर ३ सय ७ पुगेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अघिल्ला दुई वर्षको तुलनामा ज्यान मार्ने उद्योग बढेको छ । ०७५ मा १०६ वटा ज्यान मार्ने उद्योगका घटना दर्ता भएका थिए । ०७६ मा ९२ वटा घटना भएका थिए । सो संख्या बढेर ०७७ मा ११० पुगेको छ ।
०७७ मा १२ वटा बोक्सीका आरोपका घटना दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ०७६ मा बोक्सीको आरोपको घटना एउटा मात्रै थियो । ०७५ मा बोक्सीको आरोप लगाएको कसुरमा ७ वटा मुद्दा दर्ता भएका थिए ।
पछिल्लो वर्ष ज्यान मुद्दा, आत्महत्या दुरुत्साहन, संगठित अपराध र बलात्कार उद्योगका अपराध चाहिँ घटेका छन् । ०७५ मा ६७ वटा ज्यान मुद्दा दर्ता भएको थियो । ०७६ मा सो संख्या बढेर ७० पुग्यो । यसवर्ष प्रदेशभरका प्रहरी युनिटमा ६५ वटा ज्यानमुद्दा दर्ता भएको बागमती प्रदेशका डीआईजी बसन्त लामाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता