९ महिनामा देशबाट ११ खर्ब रुपैयाँ विदेशियो
देशको ११ खर्ब रुपैयाँ भन्दा बढी रकम विदेशिएको छ । चालु आर्थिक वर्षको (२०७७/७८) ९ महिनामा देशमा ११ खर्ब रुपैयाँ भन्दा बढी विदेशी सामान आयातका लागि बाहिरिएको हो ।
भन्सार विभागको तथ्याङ्कलाई आधार मान्ने हो भने ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँ भन्दा बढीको सामान आयात भएको छ । यो अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट सो बराबरको सामान आयात गरेको हो । गत वर्षको यसै अवधिमा नेपालले भारत तथा तेस्रो मुलुकबाट ९ खर्ब ८२ अर्ब ५३ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सामान आयात गरेको थियो । गत वर्षको यसै अवधिको तुलनामा यस पटक १३.१२ प्रतिशतले आयात बढेको हो । यसले देशको अर्थतन्त्रमा परनिर्भरताको पराकाष्टा पुष्टि हुन्छ ।
आयातको तुलनामा निर्यात अत्यन्तै न्युन छ । यद्यपि, पछिल्ला केही महिनाको तथ्यांकले निर्यातको बृद्धि सामान्य रुपले भइरहेको देखाउँछ । चालु आवको नौ महिनामा २०.२३ प्रतिशतले निर्यातको बृद्धि छ । यस अवधिमा ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँ बराबरको स्वदेशी बस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले ७८ अर्ब ८१ करोड ८६ लाख ६१ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो । अहिले देशको व्यापार घाटा १० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारबाही गरेर देखाउन शिक्षक महासङ्घको चेतावनी
-
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, सात जना गम्भीर
-
प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति