शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भन्सार एजेन्टको परीक्षा जेठ २२ देखि

शुक्रबार, १० वैशाख २०७८, १० : ४०
शुक्रबार, १० वैशाख २०७८

भन्सार एजेन्टको परीक्षा मिति सार्वजनिक भएको छ । गत चैत १६ गते भन्सार एजेन्टको लागि आवेदन खुला गरिएको थियो । सोही आवेदन अनुसार जेठ २२ गते परीक्षा मिति तोकिएको छ । परीक्षा दिउँसो १ बजे हुनेछ । परीक्षार्थीले स्वास्थ्य मापदण्ड भने पालना गर्नु पर्नेछ । 

विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । अहिले १ सय ७० जना मात्रै भन्सार एजेन्ट कायम रहेका छन् । र, अहिले ६ सय ६० जनाको लागि परीक्षा गर्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप