मेसीको दुई गोलमा बार्सिलोना विजयी
लियोनल मेसीले दुुई गोल गरेको खेलमा गेटाफेलाई ५–२ ले हराउँदै बार्सिलोना ला–लिगाको तेस्रो स्थानमा उक्लिएको छ । मेसीले खेलेको तेस्रो मिनेटमै बार्सिलोनालाई अघि बढाएका थिए ।
तर १२ औं मिनेटमा बार्साका क्लिमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल बराबरीमा फकायो । २८ औं मिनेटमा गेटाफेका सोफियन चाक्लाले पनि आत्मघाती गोल गरेपछि बार्साले फेरि अग्रता बनायोे । ३३ औं मिनेटमा मेसीले दोस्रो गोल गरेपछि बार्सा ३–१ ले अघि बढ्यो ।
गेटाफेबाट ६९ मिनेटमा पेनाल्टीमार्फत इन्स नालले गोल फर्काएका थिए । तर, ८७ औं मिनेटमा रोनाल्ड अरुजो र इन्जुरी समयमा एन्टोनिया ग्रिजम्यानले एक एक गोल गर्दै बार्सालाई ५–२ को जीत दिलाए ।
जीतसँगै बार्साले ३१ खेलबाट ६८ अंक जोडेको छ । समान ३२ खेलबाट ७३ र ७० अंंक जोड्दै एथलेटिको म्याड्रिड र रियल म्याड्रिड क्रमश पहिलो र दोस्रो स्थानमा छन् । चौथो स्थानको सेभियाले ३२ खेलबाट ६७ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?