मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

१ किलो चरेशसहित होटल संचालक पक्राउ

शुक्रबार, १० वैशाख २०७८, ०७ : १२
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । प्रहरीले चरेश कारोबार गरेको आरोपमा कैलालीको धनगढीमा होटल संचालन गरेर बस्ने चक्र बहादुर रोकायालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ बोराडाडी स्थित प्रगती होटलका संचालक रोकायालाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो ।

बाजुराको बुढीनन्दा नगरपालिका–९ घर भएका चक्र बहादुरको होटलबाट १ किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बिहीबार पक्राउ गरिएका रोकायालाई प्रहरीले लागु औषध नियन्त्रण ऐन अनुसारको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप