बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

शुक्रबार, १० वैशाख २०७८, ०६ : ५१
शुक्रबार, १० वैशाख २०७८

आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने देखिन्छ ।


चितवनबाट ०६४ मा जितेका बादललाई ०७४ माघको राष्ट्रियसभा चुनावमा एमाले र माओवादी केन्द्र मिलेर जिताएका हुन् । उनलाई जिताउनका लागि केपी ओलीले माधवपक्षीय बेदुराम भुसाललाई उम्मेदवारी फिर्ता लिन लगाएका थियो । अहिले बागमती प्रदेशमा एमाले स्पष्टतः आधा–आधा छ ।

प्रदेशसभा सदस्य ११० (मतभार ५२८०), गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिका मेयर÷उपमेयर २३८ (मतभार ४२८४) सहित जम्मा ३४८ (मतभार) ९५६४ ले बादललाई सर्लक्कै जिताउलान् भन्ने के ग्यारेन्टी ? माओवादीका बादलबाहेक सबै सर्लक्कै एकातिर छन् ।

त्यसमाथि कांग्रेससँग एमालेको माधव समूह र माओवादीले चुनावी गठबन्धन गर्ने सम्भावना पनि बढेको छ । कर्णालीमा खुला मतदान हुँदा त फ्लोरक्रस हुन थालेपछि गोप्य मतदानमा पराई भइसकेका बादललाई कसले, के भनेर जिताउने ?

राष्ट्रियसभाको यो खिचलोमा छिर्नुअघि नै प्रधानमन्त्रीले माधव नेपालसहित उनीको पक्षमा रहेका ३२ सांसदको पद रिक्त गराउने प्रक्रिया अघि बढाएका छन् । यसो गर्दा माओवादी र काँग्रेसले ल्याउन खोजेको अविश्वासको प्रस्ताव सजिलै पास हुँदैन, अर्कोखाले गठबन्धनबाट पनि नयाँ सरकार बन्दैन । र, यही बहानामा चुनावमा जान सकिने हिसाव बालुवाटारको देखिन्छ ।

बुझिएअनुसार, प्रतिनिधिसभाका रिक्त सीटहरूमा उपचुनाव गराएर ‘अर्ली इलेक्सन’ मा जान पनि तत्काल सम्भव भएन । त्यसकारण अहिले निर्वाचन आयोगले राष्ट्रियसभा, प्रदेश र स्थानीय तहका हकमा मात्रै उपचुनाव गराउने नीति बनेको छ । अनि, माधव समूहलाई चुनावसम्म ‘निर्दलीय’ बनाउनका लागि निर्वाचन आयोगले पनि एमाले विवादलाई ‘आन्तरिक मामिला’ भनेर पन्छाउन लगाउने तयारी बुझिन्छ । जेहोस्, उसै त माओवादीसँग छुट्टिएपछि अलपमतमा परेको सरकार प्रतिनिधिसभाका २७ भाइ आफ्नै सांसदको पद खोस्नेतिर लाग्दा १२१ बाट ९४ मा झरी झन् कमजोर हुने पक्का छ । यो समाचार जनआस्था साप्ताहिक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप