राजस्थानका बलर निरीह बनेपछि बेंग्लोरको सानदार जित, विराट कोहलीले बनाए कीर्तिमान

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार रोयल च्यालेन्जर बेंग्लोरले राजस्थान रोयल्सविरुद्ध सानदार जित हासिल गरेको छ । राजस्थानका बलर निरीह रहेको म्याचमा बेंग्लोरले १० विकेटको सानदार जित हासिल गरेको हो ।
बिहीबार मुम्बईको मैदानमा टस जितेर बेंग्लोरले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले १७ औं ओभरको तेस्रो बलमै लक्ष्य पूरा गरेको हो । यस क्रममा उसले कुनै विकेट गुमाएन ।
बेंग्लोरका लागि देवदत्त पाडिक्कलले शतकीय पारी खेले । उनले ५२ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । यस्तै विराट कोहलीले ४७ बलमा ७२ रन बनाए । उनले आइपिएल करिअरमा ६ हजार रनसमेत पूरा गरे । आइपिएलमा ६ हजार रन पूरा गर्ने उनी पहिलो ब्याट्सम्यान हुन् ।
राजस्थानका लागि सुरुवात राम्रो रहेन । तेस्रो ओभरमै प्रारम्भिक ब्याट्सम्यान जोस बटलर ८ रनको व्यक्तिगत स्कोरमा बाहिरिए भने मनन बोहरा ७ रनमा सीमित रहे । कप्तान सन्जु सामसनले २१ रन बनाए भने निकै आशा गरिएका ब्याट्सम्यान डेविड मिलरले खाता नै खोल्न सकेनन् ।
मध्यक्रममा शिवम दुवे र रियान परागले संयमित ब्याटिङ प्रदर्शन गर्दै रनको रफ्तार बढाए भने विकेट पतनलाई पनि केहीबेर रोके । दुवेले ४६ रन बनाए भने परागले २५ रन जोडे । यस्तै राहुल तेवटियाले ४० र क्रिस मोरिसले १० रन बनाए ।
बेंग्लोरका लागि मोहम्मद सिराजले किफायती बलिङ गर्दै चार ओभरमा २७ रन खर्चिएर तीन विकेट लिए । तीन विकेट नै लिएका हर्षल पटेलले भने चार ओभरमा ४७ रन खर्चिए । यो जितसँगै बेंग्लोर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसले चार खेलमा आफ्नो पक्षमा शत प्रतिशत नतिजा निकाल्दै ८ अंकका साथ शीर्ष स्थान कब्जा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न
-
स्वस्थ हावा स्वस्थ शरीर
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू